काठमाडौं । गायक रामप्रसाद पाठकको ‘मुसु मुसु मुस्काउँदै हाँस’ बोलको तीज गीत बजारमा आएको छ । सर्जक तथा पत्रकार पाठककै लय तथा शब्द रहेको यो गीतमा गायिका राधिका हमालको पनि स्वर रहेको छ ।
लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको यो गीत म्युजिक बैङ्क रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने यस गीतमा रेकर्डिङ तथा मिक्सिङ विजय बुढाको रहेको छ ।
यस्तै यो गीतको म्युजिक भिडियो निर्देशन गायक पाठककै रहेको छ । मनबहादुर पुनको क्यामेरा तथा समपादन रहेको यस गीतमा रामप्रसाद पाठक, प्रिया मगर, अनिता श्रेष्ठ ,दृष्टि पाठक,कृष्टि पाठक,मेख गुरुङ,निर्मल कार्की,रिदिमा पुन,रविना कार्की,धनमाया आले,दिप्सन पाठक,एलिसा पराजुलीलगायतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै यस गीतको कोरियोग्राफी प्यिा मगरको रहेको छ ।
सामाजिक परिवेश र मौलिकता समावेश गरेर प्रस्तुत गरिएको यस गीतलाई गायक स्वयं रामप्रसाद पाठककै युट्युव चयानल नमुना नेपाल डट कमबाट बजारमा सार्वजनिक भएको हो ।