Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता

  • मंगलवार, भाद्र १ २०७८

  • 609
    SHARES

  • प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता

    काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रधामन्त्री देउवा र डा.केसीबीच भेटवार्ता भएको हो ।

    यसअघि डा. केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँचबुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिनुभएको थियो । उहाँको अल्टिमेटम सकिन दुई दिन बाँकी छ ।

    निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा. केसीले विरोध जनाउनुभएको थियो । उहाँले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्नुभएको छ।


    मंगलवार, भाद्र १ २०७८०५:२९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij