काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ । बैठक मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार संसद बैठकअघि आज सोमबार अपराह्न ४ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेसमेत छ।
यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गर्नु भएको थियो । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।