Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभामा आज रेल विद्ययक पेस हुने

प्रतिनिधि सभामा आज रेल विद्ययक पेस हुने

  • सोमवार, श्रावण ३२ २०७८

  • 565
    SHARES

  • प्रतिनिधि सभामा आज रेल विद्ययक पेस हुने

    काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा आज रेल सम्वन्धी विद्ययक पेस हुन लागेको छ दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

    आजको प्रतिनिधि सभा बैठकमा “रेल्वे विधेयक, २०७६” सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले टेबुल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै “प्रत्यायन (एक्रिडिटेशनं) विधेयक, २०७६” पनि आजै प्रतिनिधि सभामा टेबुल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

    आजै विभिन्न संसदीय समितिहरुको बैठक पनि बस्न लागेका छन् । अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विहान ११ः०० बजेपछि बस्नेगरी तय गरिएको छ भने विधायन व्यवस्थापन समितिको बैठक ११ः३० बजे बस्नेगरी बोलाइएको छ ।

    त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक भने दिउसो सवा १२ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।


    सोमवार, श्रावण ३२ २०७८०९:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij