काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारलगायतका विषयमा छलफल गर्न अहिले केही बेरमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ ।
बिहान १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धारका लागि गर्नु पर्ने काम सम्वन्धी निर्णय गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी समसामयिक विषयका साथै केही राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल र निर्णय लिने एक मन्त्रीले जानकारी दिएका छन ।