Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनीमा प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

लुम्बिनीमा प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

  • आइतवार, श्रावण ३१ २०७८

  • 1.4K
    SHARES

  • लुम्बिनीमा प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

    काठमाडौं – लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्ने गरी नवौं अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभएको छ ।

    प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नु भएको हो । प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

    आह्वान भएको अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिएर मन्त्रिमण्डल बिस्तार र गठबन्धन सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी सरकारले गरेको छ । संघीय सरकारमा जसरी नै लुम्बिनीमा गठबन्धन सरकारले साझा कार्यक्रम ल्याउने बताएको छ ।

    यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संसोधन गरेर ल्याउने र कार्यक्रमहरु पनि संसोधन गर्ने मुख्यमन्त्री केसीले बताउनुभएको छट ।

     


    आइतवार, श्रावण ३१ २०७८१२:४४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij