Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय

कांग्रेस महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय

  • शनिवार, श्रावण ३० २०७८

  • 1.2K
    SHARES

  • कांग्रेस महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय

    काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी २०७८ मंसिर ९ देखि १२ गतेसम्म आयोजना हुने भएको छ ।

    केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिनापछि धकेल्ने निर्णय गरेको हो ।

    भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।


    सभापति शेरवहादुर देउवा निवासमा बसेको बैठकले स्थानीयतहका अधिवेशन भदौ २७ गते आयोजना गर्ने निर्णय गरेको छ ।

    त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् ।

    प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना हुने भएको छ ।


    शनिवार, श्रावण ३० २०७८०७:२४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij