Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड समूहले देखाउन सकेन ओलीलाई बहुमतले हटाउने हिम्मत! बामदेवले फेरे गुट!

प्रचण्ड समूहले देखाउन सकेन ओलीलाई बहुमतले हटाउने हिम्मत! बामदेवले फेरे गुट!

  • मंगलवार, श्रावण १३ २०७७

  • 799
    SHARES

  • प्रचण्ड समूहले देखाउन सकेन ओलीलाई बहुमतले हटाउने हिम्मत! बामदेवले फेरे गुट!

    काठमाडौँ – प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले स्थायी कमिटि बैठक स्थगित गरेको सूचना प्रसारण गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादले नयाँ रुप लिएको छ। बैठक सुरु हुनुभन्दा झण्डै आधा घण्टाअघि मात्रै ओलीले आफ्ना प्रेस सल्लाहकारमार्फत स्थायी कमिटि बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना जारी गर्नुभएको थियो।

    तर एक अध्यक्षले एकलौटी ढंगले बैठक स्थगित गर्न नमिल्ने भन्दै प्रचण्ड–माधव पक्षले स्थायी कमिटि बैठक ओली समूहको अनुपस्थितिबिनै अघि बढाएको छ । आज पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले केपी ओलीबाट पार्टी स्थायी कमिटी बैठक स्थगित गर्नु पार्टी विधानविपरीत भएको निर्णय गरेको छ । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको सुनाउनुभयो ।

    प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा २९ स्थायी कमिटि सदस्य र दुईजना आमन्त्रित सदस्य गरी ३१ जना नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले सार्वजनिक गरको समाचारमा उल्लेख छ । प्रवक्ता श्रेष्ठले पनि बैठकमा ३१ जना नेताहरु सहभागी रहेको जानकारी दिनुभयो । तर यो बैठकलाई केपी ओली समूहले भने स्थायी कमिटिको बैठक नभई गुटको भेलाको संज्ञा दिएको छ । ओलीनिकट नेता सुवासचन्द्र नेम्वाङले खुमलटारको भेला बालुवाटारमा भएको टिप्पणी गर्नुभयो ।

    तर वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेता रघुजि पन्त वैधानिक ढंगले बसेको स्थायी कमिटि बैठकलाई गुटको भेला भनिनु आपत्तिजनक रहको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै उहाँले बहुमत सदस्यहरुको उपस्थिति रहेको बैठकले केपी ओलीले विधान विपरीत बैठक स्थगितको सूचना प्रसारण गरेको र सहमति जुटाएर अर्काे बैठक बस्ने व्यवस्था मिलाउने जिम्मेबारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको जानकारी दिनुभयो ।

    केपी ओलीले नमाने पनि आजको स्थायी कमिटि बैठक नरोक्ने रणनीति प्रचण्ड–नेपाल समूहले लिएको चाल पाएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले स्थायी कमिटि बैठक नै स्थगित गर्ने एकल निर्णय लिनुभएको हो । तर ओलीको उक्त निर्णयका बाबजुद प्रचण्डको अध्यक्षतामा बैठक त बस्यो तर पछिल्ला विवादहरुबारे बहुमतको आधारमा कुनै निर्णय लिने हिम्मत भने गर्न सकेन । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले एकल अध्यक्षको निर्णयका आधारमा मात्रै नेकपाले कुनै निर्णय लिन नसक्ने विधानमै व्यवस्था रहेको बताउनुभयो ।
     
    तर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बहुमतको दम्भकै आधारमा भन्दा पनि आफूहरु सहमतिय पद्धतिका साध अघि बढ्न चाहिररहेको बताउनुभयो । उहाँले हतारमा कुनै निर्णय गर्नुभन्दा सबै पक्षसँग सहमति जुटाउने प्रयास भइरहेको बताउनुभयो ।
     
    केपी ओलीले बैठक स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्ड र झलनाथ खनाल प्रधानमन्त्रीलाई भेट्न गएका थिए । दुवै नेताले बैठक नरोकिने भन्दै ओलीलाई पनि बैठकमा सहभागी हुन आग्रह गरेका थिए । तर ओलीले सहभागी हुन नमानेपछि दाहालको अध्यक्षतामा बैठक सुरु भएको हो । उक्त बैठकमा अध्यक्ष दाहालले पार्टी फुट्ने दिशामा कसैले पनि जान नहुने बिफ्रिङ गर्नुभएको थियो । बैठकमा नेता भीम रावलले पदका लागि मात्रै भन्दा पनि पार्टी र मुलुकको समग्र संकटको समाधानको दिशामा छलफललाई अघि बढाउन आग्रह गर्नभएको थियो ।
     
    यसैबीच नेकपामा उपाध्यक्ष बामदेव गौतमले फेरि एकपटक गुट परिवर्तन गरेको संकेत मिलेको छ । हिजोसम्म आफू प्रचण्ड नेपाल समूहमै रहेको बताउँदै आएका नेता गौतमले आज पाँचै वर्ष केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा काम गर्न दिन भन्दै विज्ञप्ति जारी गरेपछि गौतम फेरि पनि ओली गुटमै प्रवेश गरेको चर्चा भइरहेको छ । बामदेवले गुट फेरेपछि नेकपाको समिकरणमा उथपपुथल मच्चिने अनुमान पनि गरिएको छ।


    मंगलवार, श्रावण १३ २०७७०८:२१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij