काठमाडौं – आफ्ना सांसदलाई प्रदेशको मन्त्रीको सपथ ग्रहण गराएको भन्दै नेकपा (एमाले) लुम्बिनी प्रदेशले जारी गरेको विज्ञप्तिप्रति लुम्बिनी प्रदेश प्रमुखको सचिवालयले आपत्ति जनाएको छ ।
बिहीबार साँझ गठन गरिएको नयाँ सरकारको मन्त्रीमा आफ्ना सांसद अजयबहादुर शाहीलाई सपथ ग्रहण गराएको भन्दै एमालेले प्रदेश प्रमुखको भूमिकाप्रति प्रश्न उठाउदै विज्ञप्ति जारी गरेको थियो । प्रदेश कमिटीका अध्यक्ष लीला गिरीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
एमालेले नवलपरासीका सांसद शाही सूर्य चिह्नबाट निर्वाचित भएकोले उनलाई चार दलीय गठबन्धनमा सहभागी गराई मन्त्रीको सपथ ग्रहण गराएर प्रदेश प्रमुखले गैरसंवैधानिक र गैरसंसदीय भूमिका निर्वाह गरेको आरोप लगाएको थियो ।
त्यस्तै, सूर्य चिन्हबाट तत्कालीन नेकपाबाट दाङको उपनिर्वाचनमा निर्वाचित सांसद विमला वलीलाई पनि गठबन्धनमा सहभागी गराइएकोप्रति पनि आपत्ति जनाएको थियो ।
प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयले पनि एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लीला गिरीद्वारा जारी गरिएको उक्त विज्ञप्तिको जवाफ दिँदै आपत्ति जनाएको हो ।
शुक्रबार प्रदेश प्रमुखको निजी सचिवलयका तर्फबाट नारायणप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा एमाले अध्यक्ष लीला गिरीलाई प्रतिप्रश्न गरिएको छ ।
सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका धेरै उदाहरण रहेको भन्दै त्यसतर्फ ध्यान पु¥याउन गिरीलाई आग्रह गरिएको छ ।
प्रदेश प्रमुखको सचिवालयको विज्ञप्ति :

एमालेको विज्ञप्ति :
