काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बोलाएको छ ।
दिउँसो ३ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने गरी बोलाएको बैठकले केन्द्रीय समिति बैठकका लागि अजेन्डा तय गर्ने नेताहरुले बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठक साउन ३० भोली बस्दै छ ।
साथै आजको बैठकमा पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको नामबारे समेत छलफल हुने एक नेताले बताए ।