Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
लुम्बिनी प्रदेश :

केसी मुख्यमन्त्री, यी तीनजना बन्दैछन् मन्त्री

केसी मुख्यमन्त्री, यी तीनजना बन्दैछन् मन्त्री

  • बिहिवार, श्रावण २८ २०७८

  • 1.3K
    SHARES

  • केसी मुख्यमन्त्री, यी तीनजना बन्दैछन् मन्त्री

    काठमाडौं – लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि दिएको समयसीमा आज अपरान्ह ३ बजे सकिँदै छ । हालसम्म नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठबन्धनले बहुमतको सरकारको दाबी गरेको छ । ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबीपत्र बुझाइसकेको छ ।

    मुख्यमन्त्रीको दाबी गरेर विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चालगायतको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबीसहित हस्ताक्षर बुझाइएको हो । 

    बुधबार एमालेका संसदीय दलका नेता शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको ढोका खुलेको हो । केसीलाई मुख्यमन्त्री दाबी गर्दै विपक्षी गठबन्धनका संयोजक तथा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियालगायतले हस्ताक्षर बुझाएका थिए । मुख्यमन्त्री पदको लागि केसीबाहेक अन्यको दाबी पर्ने सम्भावना छैन । किनकि, मुख्यमन्त्री दाबी गर्दै आफ्नो पार्टीले निवेदन नदिने एमालेले जनाइसकेको छ ।

    यसर्थ, गठबन्धनका तर्फबाट केसी नै मुख्यमन्त्री बन्ने लगभव निश्चित भएको छ । उहाँले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

    त्यस्तै आजै अन्य तीन जना गठबन्धनको तीन दलबाट मन्त्री बन्दैछन् । कांग्रेसबाट डिल्ली चौधरी, माओवादीबाट कृष्णध्वज खड्का र जसपाबाट सहसराम यादव मन्त्री बन्ने स्रोतले जनाएको छ । उनीहरुले कुन मन्त्रालयको जिम्मेवारी दिँदैछ भन्ने विषय बाहिरिएको छैन ।

     


    बिहिवार, श्रावण २८ २०७८१२:४८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij