काठमाडौं – लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठबन्धनले बहुमतको सरकारको दाबी गरेको छ । ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबीपत्र बुझाको कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले जानकारी दिनुभयो ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उमेद्वार बनाइएको छ ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिनुभएको थियो । यससँगै प्रदेश प्रमुख शेरचनले बहुमतको सरकारको दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मको समय दिनुभएको छ ।