Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माधव नेपाल पक्षले के राख्ला नयाँ पार्टीको नाम ?

माधव नेपाल पक्षले के राख्ला नयाँ पार्टीको नाम ?

  • बिहिवार, श्रावण २८ २०७८

  • 1.2K
    SHARES

  • माधव नेपाल पक्षले के राख्ला नयाँ पार्टीको नाम ?

    काठमाडौँ । नेकपा एमालेभित्र रहन नसकेपछि नयाँ पार्टी गठनको तयारीमा लागेको माधव नेपाल पक्षले नयाँ पार्टीको नामका बारेमा आन्तरिक छलफल सुरु गरेको छ । आफुहरु एमालेमै रहेर काम गर्न खोज्दा पनि अध्यक्ष केपी शर्मा ओली र उहाँ निकटस्थहरुले लखेट्न खोजेकाले नयाँ पार्टी खोल्नु पर्ने बाध्यता आउन लागेको उनीहरुको भनाइ छ ।

    नयाँ पार्टीको गृहकार्यमा लागेका नेपाल पक्षका नेताहरुले पार्टीको नामसँगै नारा, योजना, वैचारिक पक्षका बारेमा आन्तरिक छलफल चलाइरहेका छन् । नामका बारेमा फरक फरक सुझाव आएपनि कम्युनिष्ट पार्टी र एकिकृत पार्टी भन्ने सन्देश दिने नाम राख्नु उपयुक्त हुने नेपाल पक्षका नेता मेटमणी चौधरीले जानकारी दिनुभयो ।

    सवै कम्युनिष्ट पार्टी तथा नेता कार्यकर्ताहरुलाई एकिकृत गर्ने अभियानको रुपमा नयाँ पार्टीले काम गर्ने उहाँको भनाइ छ । “हामीले एमालेलाई एकिकृत गर्न खोज्दा पनि ओलीले फुटाल्न चाहेका छन, त्यसैले हामीले नयाँ पार्टी मार्फत सवै कम्युनिष्टहरुलाई एकिकृत गर्न चाहन्छौँ,” नेता चौधरीले भन्नुभयो ।

    अध्यक्ष ओलीले एकलौटी गर्ने र तानाशाही प्रवृत्ति देखाउने गरेकाले अरु पनि धेरै नेता कार्यकर्ताहरु एमालेमा धेरै समय रहन नसक्ने चौधरीले दावी गर्नुभयो । उहाँले भन्नुभयो, “ओली ठिक छैनन, बदमास छन भन्ने मनमा लाग्दा लाग्दै पनि धेरै नेताहरु मौन छन, बोल्न सकेका छैनन, ओली शक्तिहिन भएपछि उहाँहरु हामीसगै आउनुहुनेछ ।”

    नेता चौधरीले नेपाल समूह एक हप्ता भित्रमा नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने दावी पनि गर्नुभयो । आफ्नो समूहमा अहिले ३८ जना सांसद र केन्द्रीय सदस्यहरु रहेको उहाँले बताउनुभयो ।

     


    बिहिवार, श्रावण २८ २०७८०८:३९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij