Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तस्बिर सार्वजनिक गर्दै प्रचण्डले भने ‘स्थायी कमिटि बैठकमा हामी ३१ जना थियौँ’

तस्बिर सार्वजनिक गर्दै प्रचण्डले भने ‘स्थायी कमिटि बैठकमा हामी ३१ जना थियौँ’

  • मंगलवार, श्रावण १३ २०७७

  • 848
    SHARES

  • तस्बिर सार्वजनिक गर्दै प्रचण्डले भने ‘स्थायी कमिटि बैठकमा हामी ३१ जना थियौँ’

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मंगलबार बसेको स्थायी कमिटि बैठकमा ३१ जना सदस्यहरु सहभागी रहको बताएका छन् ।

    प्रचण्डको सचिवालयले सार्वजनिक गरेको समाचार अनुसार बैठकमा २९ जना स्थायी समिति सदस्यहरु र २ जना आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।

    यस्तो छ प्रचण्डको सचिवालयले सार्वजनिक गरको समाचार


    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । आज दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष निकालेको छ ।

     

     

    यस विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।

     

     

    आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको छ ।

     

    आजको बैठकको मिति र समय यसअघि बसेको स्थायी समिति बैठकले नै निर्णय गरेको थियो । बैठकमा २९ जना स्थायी समिति सदस्यहरु र २ जना आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।


    मंगलवार, श्रावण १३ २०७७०५:३५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij