Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको बैठक आज पनि बस्दै

राष्ट्रियसभाको बैठक आज पनि बस्दै

  • बुधवार, श्रावण २७ २०७८

  • 563
    SHARES

  • राष्ट्रियसभाको बैठक आज पनि बस्दै

    काठमाडौं –राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाटविभिन्न प्रतिवेदन र विद्येयक छलफल र पारितको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

    सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    यस्तै, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको रेल्वे विधेयक –२०७६ छलफलका लागि र रेल्वे विधेयक –२०७८ पारितको लागि प्रस्ताव प्रस्तुत हुनेछ ।

    सचिवालयकाअनुसार विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको प्रत्यायन विधेयक, २०७६ माथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गरिँदैछ ।

    यसैगरी, प्रत्यायन विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।

     


    बुधवार, श्रावण २७ २०७८१२:४१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij