Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कुलमान घिसिङले आज जिम्मेवारी सम्हाल्ने

कुलमान घिसिङले आज जिम्मेवारी सम्हाल्ने

  • बुधवार, श्रावण २७ २०७८

  • 1.4K
    SHARES

  • कुलमान घिसिङले आज जिम्मेवारी सम्हाल्ने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् ।

    एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले जानकारी दिए ।

    आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ ।

    शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।


    बुधवार, श्रावण २७ २०७८०६:३४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij