काठमाडौं – प्रभुराम शर्माले आजदेखि नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुभएको छ । एक महिनापछि उहाँ मुलुकको ४४ औँ प्रधानसेनापति बन्नु हुनेछ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ मा सकिँदैछ । उहाँले अनिवार्य अवकाश पाउनुभएको छ । यहाँ आयतबारदेखि घर बिदामा बसिसक्नुभएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते कामु प्रधानसेनापतिमा नियुक्त गर्नुभएको थियो ।
शर्मा काठमाडौंका बासिन्दा हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गर्नुभएको छ ।
शर्मा सेनाको आधुनिक इतिहासकै ब्राह्मण समूदायको पहिलो प्रधानसेनापति बन्न लाग्नुभएको हो ।