Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

‘राष्ट्रिय भूमि आयोग’ गठनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै

‘राष्ट्रिय भूमि आयोग’ गठनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै

  • सोमवार, श्रावण २५ २०७८

  • 1.4K
    SHARES

  • ‘राष्ट्रिय भूमि आयोग’ गठनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै

    काठमाडौँ । भूमिसम्बन्धी समास्या समाधान आयोग विघटन गरेको सरकारले ‘राष्ट्रिय भूमि आयोग’ गठन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाँदै छ । भूमि व्यवस्था मन्त्रालयले आज राष्ट्रिय भूमि आयोग गठन आदेशको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने भएको मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताउनुभयो ।

    पाण्डेका अनुसार भूमि व्यवस्थाको पस्तावमा अर्थ मन्त्रालयले सहमित जनाइसकेको छ । कानूनले सहमति दिएलगत्तै आज अपरान्ह पन्त्रिपरिषदमा राष्ट्रिय भूमि आयोग गठन आदेशको प्रस्ताव लैजाने सचिव पाण्डेले बताउनुभयो । सरकारले गत मंगलबार भूमिसम्बन्धी आयोग विघटन गरेको थियो ।

    आयोग विघटन हुनुमा संवैधानिक कारण भएको मन्त्रालयको भनाइ छ । आयोग खारेजीविरुद्ध सडकदेखि सदनसम्म चौतर्फी विरोध भइरहेके छ । अहिले सर्वोच्चमा ४ वटा रिटसमेत दायर भएका छन् । हिजो दायर भएका रिटको प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको छ ।

     


    सोमवार, श्रावण २५ २०७८०७:३२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij