Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

  • आइतवार, श्रावण २४ २०७८

  • 607
    SHARES

  • किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

    काठमाडौं - नेपालको 'चर्चित' गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन थ्रीको विजेता किरण गजमेर बनेका छन्।

    शनिबार राति भएको फाइनलमा अन्य ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै किरणले यो उपाधि उचालेका हुन् । उनीसँगै यो उपाधिका दाबेदार तारा श्रीष मगर, ज्वाला राई र आर्यन तामाङ रहेका थिए। यो उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जितेका छन् ।

    यो कार्यक्रममा उनी गायक प्रमोद खरेलको टिममा थिए। खरेलको टिमबाट उपाधि जित्ने किरण दोस्रो गायक हुन्। यसअघि भ्वाइस अफ नेपालको पहिलो सिजनको उपाधि प्रमोदकै टिमका सिडी विजय अधिकारीले जितेका थिए। दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका थिए।

    किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए। यो रियालिटी शो हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो।


    आइतवार, श्रावण २४ २०७८०६:२५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij