काठमाडौं । सरकारले सुकुम्बासीहरुका लागि जग्गा उपलब्ध गराउन नयाँ भूमि आयोग गठन गर्ने तयारी गरेको छ । आयोग गठनका लागि आन्तरिक गृहकार्य तिव्र रुपमा भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवा निकट श्रोतले जनाएको छ ।
अघिल्लो सरकारले गठन गरेको भुमि आयोग केही दिन अगाडि विघटन गरेको देउवा सरकारले नयाँ आयोग गठन गर्न लागेको हो ।
तत्कालिन आयोग अधिकार सम्पन्न नभएको र भूमिहिनलाई जग्गा उपलब्ध गराउनेभन्दा पनि राज्यको ढुकुटी दोहन गर्ने मात्रै भएकाले विघटन गरिएको सत्तारुढ दलका नेताहरुले बताउने गरेका छन् ।
उनीहरुले अधिकार सम्पन्न र प्रभावकारी भूमी आयोग अव गठन हुने बताउदै त्यसका लागि गठनाधदेश संशोधनको काम भइरहेको जानकारी दिएका छन ।
भुमि आयोग गठन सम्वन्धी अहिलेको गठनादेश अपर्याप्त भएकाले त्यसलाई संशोधन गरेर त्यसैका आधारमा नयाँ गठन हुने जनाइएको छ ।
नयाँ भूमी आयोग गठनका लागि अहिले गठनादेश संशोधनको काम भइरहेको र त्यो मन्त्रीपरिषदबाट पारित भएपछि पुर्ण र प्रभावकारी नयाँ भूमि आयोग गठन हुने प्रधानमन्त्री देउवा निकट श्रोतले जानकारी दिएको छ ।