Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

स्थानीय सरकारलाई प्रदेश मातहतमा ल्याउने प्रस्ताव नै नभएको दावी

स्थानीय सरकारलाई प्रदेश मातहतमा ल्याउने प्रस्ताव नै नभएको दावी

  • शनिवार, श्रावण २३ २०७८

  • 734
    SHARES

  • स्थानीय सरकारलाई प्रदेश मातहतमा ल्याउने प्रस्ताव नै नभएको दावी

    काठमाडौं । सत्तारुढ गठबन्धनको साझा कार्यक्रममा स्थानीय सरकारलाई प्रदेश मातहतमा ल्याउन प्रस्ताव गर्दै नगरेको कार्यदलका सदस्यहरुले दावी गरेका छन् ।

    गठबन्धनको साझा कार्यक्रममा स्थानीय सरकारलाई प्रदेश सरकार मातहत राख्ने व्यवस्था गर्न लागिएको भन्दै विरोध भइरहेका बेला कार्यदलतका सदस्यले त्यस्तो प्रस्ताव हुदै नभएको दावी गरेका हुन ।

    कार्यदलका सदस्य सचिव केशवराज जोशीले कार्यदलको प्रतिवेदन अहिलेसम्म सर्वजनिक नभएकाले हुदै नभएको विषयमा नियोजित रुपमा प्रचार गरिएको दावी गर्नुभयो ।

    “हामीले प्रतिवेदन शिर्ष नेताहरुलाई मात्रै बुझाएका छौँ, त्यो प्रतिवेदन सार्वजनिक भएकै छैन, शिर्ष नेताहरुले हेरेर आवश्यकता अनुसार संशोधन गरेर मात्रै सार्वजनिक गर्ने र लागु हुने हो,” उहाँले भन्नुभयो । कार्यदलको प्रतिवेदनमा हुदै नभएको विषय जस्ले प्रचार गरेको छ, उनीहरुले सच्याउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।

    अहिलेको सरकार र गठबन्धन संविधान र संघीयताको पक्षधर भएकाले त्यसलाई कमजोर बनाउने काम हुनै नसक्ने दावी गर्नुभयो । “बरु संविधान र संघीयतालाई कसरी बलियो बनाउन सकिन्छ भन्ने तर्फ यो सरकारले काम गर्छ, कमजोर बनाउन खोजेको त अघिल्लो सरकारले हो,” उहाँले भन्नुभयो ।

    कार्यदलका सदस्य सचिव जोशीले वर्तमान सरकारको कार्यकाल झण्डै १६ महिना मात्रै भएकाले यस अवधिमा गर्न सकिने कामहरुका बारेमा मात्रै प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनुभयो ।


    शनिवार, श्रावण २३ २०७८०९:१९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij