Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सांसदलाई बन्धक बनाउनु लज्जास्पद र आपराधिक : माओवादी केन्द्र

सांसदलाई बन्धक बनाउनु लज्जास्पद र आपराधिक : माओवादी केन्द्र

  • शुक्रवार, श्रावण २२ २०७८

  • 958
    SHARES

  • सांसदलाई बन्धक बनाउनु लज्जास्पद र आपराधिक : माओवादी केन्द्र

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमण भएको बताएको छ ।

    माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो । हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं घोर निन्दा गर्दछ ।’

    राजनीतिको यो हदको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई अपील गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।

    साविकको नेकपाबाट निर्वाचित खत्रीले १९ वैशाखमा माओवादी केन्द्र रोज्ने निर्णय गरेकी थिइन् । तर १५ साउनमा आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ल्याएर बन्धक बनाएको, एमालेमा फर्किएको भनेर वक्तव्य जारी गर्न लगाएको र २० गते आफू त्यहाँबाट भाग्न सफल भएको भन्दै वलीले बिहीबार पत्रकार सम्मेलन गरेकी थिइन् । एमाले र प्रदेश सरकारले भने त्यसको खण्डन गरेको छ ।


    शुक्रवार, श्रावण २२ २०७८०८:१५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij