Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माधव पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

माधव पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

  • शुक्रवार, श्रावण २२ २०७८

  • 1.2K
    SHARES

  • माधव पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

    काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) पनि बस्दै छ । बैठक बुद्धनगरस्थित क्वालिटी प्यालेसमा बस्ने छ ।

    आजको बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । हिजोबाट जारी बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । अधिकांश नेताले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन् ।

    बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए ।

    बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेताहरुले पार्टी एकताका लागि सम्मानजनक पावर सेयरिङ हुनुपर्ने बताएका छन् ।

    बैठकलाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए । बैठकलाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने बताएका थिए ।

    बैठकले पार्टीको अधिवेशन र सदस्यता वितरणको काम तत्काल स्थगित गर्नुपर्ने माग गरेको छ ।


    शुक्रवार, श्रावण २२ २०७८०७:४१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij