काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव पेस गर्नुभएको छ । आज उपाध्यक्ष गौतमले महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री रहनेगरी नयाँ प्रस्ताव ल्याउनुभएको हो ।
पछिल्लो समय प्रचण्ड–माधव समूहमा रहेका उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीको अनुकूल हुनेगरी प्रस्ताव गर्नुभएको हो । पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राखेको प्रस्ताव’ शीर्षकमा उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव गर्नुभयो ।
गौतमको पहिलो प्रस्ताव केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ भने दोस्रो प्रस्ताव प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने रहेको छ ।