Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माधवपक्षीय एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

माधवपक्षीय एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

  • बिहिवार, श्रावण २१ २०७८

  • 600
    SHARES

  • माधवपक्षीय एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले) माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज (बिहिबार) बस्दैछ।

    तयारी नपुगेको र केन्द्रिय सदस्यहरु उपत्यकाबाहिर रहेको भन्दै बुधबार स्थगित बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित  क्वालिटी पार्टी प्यालेसमा बस्ने छ ।

    एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए।

    यसैबीच, पार्टी अध्यक्ष ओलीपक्षले भने नेपाल समूहको बैठकलाई अनधिकृत भनेको छ। बुधबार साँझ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति निकाल्दै बिहीबार बस्न लागेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अनधिकृत भएको बताएका छन्।


    बिहिवार, श्रावण २१ २०७८०७:३२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij