Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विमला वली घुम्दै-फिर्दै फेरि माओवादीमै !

विमला वली घुम्दै-फिर्दै फेरि माओवादीमै !

  • बुधवार, श्रावण २० २०७८

  • 1.8K
    SHARES

  • विमला वली घुम्दै-फिर्दै फेरि माओवादीमै !

    काठमाडौं – लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली माओवादी केन्द्र, एमालेहुँदै फेरि माओवादी केन्द्रमै फर्किनुभएको छ । उहाँले आफू माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई फोन र म्यासेज गरेर विमलाले आफू माओवादीमै रहेको जानकारी गराउको एक नेताले बताए ।

    ‘विमलाजी अहिले पार्टीकै सम्पर्कमा रहनुभएको छ । आफ्नो पार्टीको संलग्नताका विषयमा उहाँले आजै पत्रकार सम्मेलनमाफैत सबैलाई जानकारी गराउँदै हुनुहुन्छ’, उनले भने ।

    दाङ क्षेत्र नम्बर -३ को ‘ख’बाट निर्वाचित उत्तरकुमार वली सवारी दुर्घटनामा मृत्यु भएपछि उनकी श्रीमती विमला उपनिर्वाचनबाट निर्वाचित भएको थियो । विमला तत्कालीन नेकपाबाट सूर्य चुनाव चिह्नबाट निर्वाचित हुनुभएको हो ।

    सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलानुसार नेकपा ’विघटन’ भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले वैशाखमा पत्रकार सम्मेलन गररै आफूले माओवादी केन्द्र रोज्नुभएको थियो ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको र फेरि सत्ता परिवर्तनको ’खेल’ सुरु भएपछि सांसद विमला एमालेमै फर्किएको भन्दै विज्ञप्ती जारी भएको थियो । उहाँका नाममा जारी विज्ञप्तीमा आफू सूर्य चुनाव चिह्नबाट चुनावमा निर्वाचित भएकाले माओवादी केन्द्र रोज्नु कानुनी रुपमासमेत ठीक नहुने भएकाले एमालेमै ’फर्किएको’ उल्लेख थियो ।

     


    बुधवार, श्रावण २० २०७८०३:५८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij