Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दार्चुला घटना : छानबिन समितिले काम थाल्यो

दार्चुला घटना : छानबिन समितिले काम थाल्यो

  • बुधवार, श्रावण २० २०७८

  • 934
    SHARES

  • दार्चुला घटना : छानबिन समितिले काम थाल्यो

    काठमाडौं – महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट काम थालेको छ ।

    १५ साउनमा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी चुडाइदिएपछि उनी महाकालीमा खसेको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।

    सो घटना छानबिन गर्न गठित गरिएको टोली मंगलबार जिल्ला पुगेको दार्चुला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
    उक्त टोलीले सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउन १० दिनको समय पाएको छ । टोलीले मंगलबार घटनाको छानबिन कसरी गर्ने, घटनास्थलसम्म कसरी जानेजस्ता विषयमा स्थानीय अधिकारीहरुसँग छलफल गरेको थियो ।

    टोलीले धामी तुुइन तर्ने क्रममा घटनास्थलमा रहेका प्रत्यक्षदर्शीसँगसमेत भेट गर्नेछ भने घटनास्थलमै पुुगेर अध्ययन पनि गर्ने बताइएको छ ।

    धामीका परिवारले भने उनी जीवितै भेटिने आशा मार्दै कुशको आकृति बनाएर हिन्दूू संस्कारअनुसार अन्त्येष्टि गरिसकेको छ । धामीका श्रीमती, पाँच वर्षीय छोरा र डेढ वर्षकी छोरी छन् ।

     


    बुधवार, श्रावण २० २०७८१२:१५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij