Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कुलमान योग्य प्रशासक हुन् तर शाक्यलाई कानुनविपरीत हटाउन मिल्दैनः एमाले

कुलमान योग्य प्रशासक हुन् तर शाक्यलाई कानुनविपरीत हटाउन मिल्दैनः एमाले

  • मंगलवार, श्रावण १९ २०७८

  • 8.4K
    SHARES

  • कुलमान योग्य प्रशासक हुन् तर शाक्यलाई कानुनविपरीत हटाउन मिल्दैनः एमाले

    काठमाडौँ – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेको छ ।

    अहिलेका प्राधिकरण प्रमुख हितेन्द्रमान शाक्यलाई हटाएर फेरि घिसिङलाई ल्याउने तयारी सरकारले गरेको हो ।

    घिसिङलाई प्राधिकरणमा ल्याउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आज ऊर्जा तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई बोलाएर आवश्यक तयारी गर्न निर्देशन दिनुभएको थियो ।

    त्यसपछि मन्त्री भुसालले अहिलेका कार्यकारी निर्देशक शाक्यलाई मार्गप्रशस्त गर्न निर्देशन दिइसक्नुभएको छ ।

    दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएर लोकप्रियताको शिखरमा पुगेका घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी प्रमुख बनाउने तयारी गरेपछि सामाजिक सञ्जालहरुमा सरकारको प्रशंसा भइरहेको छ ।

    जनताको चाहना र घिसिङको क्षमताको कदर गर्दै सरकारले उहाँलाई फेरि प्राधिकरण प्रमुखको जिम्मेबारी दिने तयारी अघि बढाएको सत्तारुढ नेताहरुले बताएका छन् ।

    कांग्रेस नेतृ डा. डिला संगा्रैलाले उतिबेला पनि घिसिङलाई फेरि नियुक्त गर्न आफूहरुले सदन र सडकमा उठाएको आवाज ओली सरकारले लत्याएको टिप्पणी गर्नुभयो ।

    श्रोतका अनुसार आगामी भदौ १ गते पछि घिसिङलाई प्राधिकरणमा ल्याउने गरी तयारी अघि बढाइएको छ । भदौ १ गते प्राधिकरणको ३६ औँ वार्षिक उत्वस पनि हो ।

    विद्युत् व्यवस्थापनमा ख्याति कमाएका घिसिङलाई फेरि प्राधिकरणकै जिम्मेवारी दिँदा सरकारको लोकप्रियता बढ्ने आँकलनसहित उहाँलाई पुनःनियुक्त गर्ने निष्कर्षमा सत्ता गठबन्धन पुगको हो ।

    तर प्रमुख विपक्षी दल नेकपा एमालेले अघिल्लो सरकारले गरेका नियुक्तीहरु कानुन विपरीत खारेज गरिए कानुनी प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

    एमाले सचेतक विशाल भट्टराईले उपयुक्त व्यक्तिलाई रिक्त रहेको उपयुक्त स्थानमा जिम्मेबारी दिने कुरा ठिकै भए पनि काम गरिरहेका व्यक्तिलाई गैरकानुनी रुपमा हटाइए पार्टीको समर्थन नरहने बताउनुभयो ।

    यद्यपि कुलमान घिसिङ योग्य प्रशासक रहेको कुरामा भने कुनै शंका नरहेको भट्टराईले बताउनुभयो । तर एउटा योग्य व्यक्तिलाई कानुन विपरीत हटाएरु हटाएर अर्काे योग्य व्यक्तिलाई स्थान दिन भने नमिल्ने उहाँले बताउनुभयो ।

    घिसिङलाई उहाँको क्षमता र चाहनाका आधारमा अरु कुनै ठाउँको जिम्मेबारी दिन सकिने गरी व्यवस्थापन गर्नुपर्ने एमाले नेता भट्टराईको आशय छ ।

    आफूलाई हटाउने तयारी गरेपछि अहिलेका कार्यकारी निर्देशक शाक्यले भोलि पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेको उनी निकट श्रोतले जानकारी दिएको छ ।

    सरकारले राजीनामाका लागि दबाब दिए पनि शाक्य राजीनामा दिने पक्षमा नरहेको पनि उक्त श्रोतले बतायो ।

    तर राजीनामा नदिए प्रष्टीकरण सोधेर अवकाश दिने तयारी उर्जामन्त्रीले भुसालले गर्नुभएको छ ।

    कुलमानको पक्षमा व्यापक जनसमर्थन रहेकोले शाक्य अदालत नजाने आँकलन सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।


    मंगलवार, श्रावण १९ २०७८०७:५०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij