काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटेर नेपाली नागरिक जयसिंह धामीलाई महाकाली नदीमा खखाएको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले एसएसबीको जवानले तार काट्दा ती युवा नदीमा खसेको उल्लेख गर्दै यस्तो माग गर्नुभएको हो ।
‘त्यहाँ उपस्थित मानिसहरुले तार नकाटिदिन हारगुहार गर्दा पनि तार निकाल्दा दुःखद र अमानवीय घटना घटना घट्न पुगेको छ’, उहाँले भन्नुभयो ।
प्रत्यक्षदर्शीहरुको बयान र जयसिंहको परिवारले किटानी जाहेरी दिइसक्दा पनि सरकारले भारतीय राजदूतलाई बोलाएर औपचारिक बिरोध जनाउन नसकेको भन्दै सांसद ठगुन्नाले आक्रोश पोख्नुभएको छ ।
सांसद ठगुन्नाले घटनाको विरोधमा भारतसँग औपचारिक विरोध जनाउन, मृतकका परिवारलाई क्षतिपूर्ति घोषणा गर्न र दोषी एसएसबीलाई कारबाही गर्न माग गर्नुभएको छ ।
साथै, उहाँले घटनाको छानविन गर्न संसदीय समिति बनाउन र दार्चुला–तिनकर सडकलाई राष्ट्रिय गौरव आयोजना घोषणा गर्नसमेत माग गर्नुभएको छ ।
अहिले गृहमन्त्री बालकृष्ण खाँणले त्यसको जवाफ दिँदै हुनुुहुन्छ ।