Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी
  • मंगलवार, श्रावण १९ २०७८

  • 956
    SHARES

  • सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

    काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ । बालुवाटारमा आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।

    हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो । साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार संचालनलानई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी छ ।

    केपी शर्मा ओलीको सरकारको विकल्पमा शेरबहादुर देउवा नेतृत्वमा असार २९ गते नै सरकार गठन भए पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन । सत्तारुढ दलहरु आआफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन तथा सरकारको साझा कार्यक्रम बनाउन सकेका छैनन् ।

    प्रधानमन्त्री बनेको तीन साता भइसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीसँगै सत्ता गठबन्धनको आलोचना बढेको छ ।


    मंगलवार, श्रावण १९ २०७८०८:४६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij