Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशकी सांसद विमला एमालेमै फर्किइन्, विपक्षी गठबन्धनलाई सकस

लुम्बिनी प्रदेशकी सांसद विमला एमालेमै फर्किइन्, विपक्षी गठबन्धनलाई सकस

  • सोमवार, श्रावण १८ २०७८

  • 962
    SHARES

  • लुम्बिनी प्रदेशकी सांसद विमला एमालेमै फर्किइन्, विपक्षी गठबन्धनलाई सकस

    काठमाडौँ – लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताउनुभएको छ ।

    आज (सोमबार) विज्ञप्ति प्रकाशित गरी उहाँले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताउनुभएको हो ।

    तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उहाँले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोज्नुभएको थियो ।

    ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु’ उहाँले भन्नुभएको छ ।

    दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उहाँकी पत्नी विमला उपनिर्वाचनमा विजयी हुनुभएको थियो । उहाँ नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।

    प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुखसमेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । विमला एमालेमा फर्किएपछि विपक्षी गठबन्धनलाई सरकार गठनका लागि प्रदेशसभाको बहुमत नपुग्ने देखिएको छ।


    सोमवार, श्रावण १८ २०७८०४:३४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij