Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभामा दुई विधेयक पारित, के–के छन् ती विधेयक ?

राष्ट्रियसभामा दुई विधेयक पारित, के–के छन् ती विधेयक ?

  • सोमवार, श्रावण १८ २०७८

  • 915
    SHARES

  • राष्ट्रियसभामा दुई विधेयक पारित, के–के छन् ती विधेयक ?

    काठमाडौं – राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक २०७६ सम्बन्धि समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाइ सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

    यसअघि, बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उडडयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । राष्ट्रियसभामा पूर्वप्रतिनिधिसभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव परित गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरियोस् भनी राखेको प्रस्तावलाई सभाले अनुमोदन गरेको हो ।

    उहाँको निधनप्रति सभामा एक मिनेट मौनधारणका साथ श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २० गते बुधबार दिउँसो १ बजे बस्ने छ ।

     


    सोमवार, श्रावण १८ २०७८०४:०५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij