Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनीमा बहुमतको सरकार गठनको माग, ४१ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर

लुम्बिनीमा बहुमतको सरकार गठनको माग, ४१ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर

  • सोमवार, श्रावण १८ २०७८

  • 1.0K
    SHARES

  • लुम्बिनीमा बहुमतको सरकार गठनको माग, ४१ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर

    काठमाडौं – लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश प्रमुख अमिक शेरचनलाई आज निवेदन बुझाएका छन् ।

    कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी नेता तारा जिसीले संविधानको धारा १६८ (१) अनुसार एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।

    निवेदनमा प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख वाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ । विपक्षी दलहरुले सरकारले प्रदेशसभाबाट बजेट पारित गराउनुपर्नेमा अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउनुले पनि सरकार अल्पमतमा रहेको पुष्टि भएको दावी गरेका छन् ।

    लुम्बिनी प्रदेशसभामा हाल कायम रहेका ८० जना प्रदेश सभा सदस्यमध्ये सत्तारुढ एमालेसँग ३८ सांसदमात्र रहेका छन् । चार दलको निवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले संवैधानिक र कानूनी परामर्शपछि छिटै उचित निर्णय गर्ने बताउनुभएको छ ।

     


    सोमवार, श्रावण १८ २०७८०२:०७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij