काठमाडौं - लोक तथा दोहोरी गायक यज्ञ सापकोटाको तीज गीत ‘घर झगडा –४ बजारमा आएको छ । मौलिकता बोकेको तीत ‘घर झगडा’ हरेक वर्ष बजारमा ल्याएका सापकोटायो यो गीतलाई भाग चार भनिएको छ ।
गीतमा पशुपति शर्मा, सर्मिला गुरुङ, यत्र सापकोटा, सलिना अधिकारी र कल्पना सिग्देलको स्वर रहेको छ भने प्रदीप कँडेलको शब्द रहेको छ यस्तै गायक स्वयम् सापकोटाले गीतमा संगीत भरेका छन् ।
गीतमा लक्ष्मी गिरी,रामचन्द्र अधिकारी,अनिता बस्नेत, सुनिल खनाललगायतको अभिनय रहेको छ । गीतको निर्देशन मदन खड्काले गरेका छन् । यो समाचार तयार पार्दासम्म गीतको भ्युज १० लाख नाघिसकेको छ ।