Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केही दिनमै नेपालमा कोरोना संक्रमण अनियन्त्रित बन्ने जनस्वास्थ्य विज्ञको चेतावनी, झस्कियो सरकार

केही दिनमै नेपालमा कोरोना संक्रमण अनियन्त्रित बन्ने जनस्वास्थ्य विज्ञको चेतावनी, झस्कियो सरकार

  • सोमवार, श्रावण १२ २०७७

  • 1.6K
    SHARES

  • केही दिनमै नेपालमा कोरोना संक्रमण अनियन्त्रित बन्ने जनस्वास्थ्य विज्ञको चेतावनी,  झस्कियो सरकार

    काठमाडौँ –नेपालमा अबको केही दिनभित्रै कोरोना भाइरस संक्रमणको महामारी अनियन्त्रित बन्न सक्ने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन्। नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरुमा कोरोना संक्रमणले भयावह रुप लिएकोले त्यसको प्रभाव नेपालमा पनि पर्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले भरपर्दाे परीक्षणबिनै भारतबाट आएकाहरुलाई १४ दिन क्वारेन्टिनमा राखेर घर पठाइएका कारण समुदायस्तरमा संक्रमणको जोखिम उच्च भएको बताउनुभयो।

    उहाँले छिमेकी मुलुक भारतका सीमावर्ती क्षेत्रमा संक्रमणले भयावह रुप लिएका कारण नेपालमा पनि त्यसले गम्भीर असर पार्नेतर्फ सचेत रहनुपर्ने चेतावनी दिनुभयो । केहीदिनमा कोरोना संक्रमणले अनियन्त्रित रुप लिने हो कि भन्ने चुनौती खडा भएको उहाँले बताउनुभयो ।

    लकडाउन खोलिए पनि कोरोना संक्रमणको दर नेपालमा बढ्न नदिइएको दाबी स्वास्थ्य मन्त्रालयले हरेक दिन गरिरहेको छ । तर जनस्वास्थ्यविदहरु परीक्षण कम भएका कारण संक्रमण कम देखिएकोले सरकारी तथ्याङ्कको भर परेर भ्रममा नपर्न जनतालाई आग्रह गरिरहेका छन् ।

    बारा पर्सा लगायत भारतसँग सीमा जोडिएका तराईँका केही जिल्लाहरुमा एकैठाउँमा धेरै संक्रमितहरु देखिन थालेपछि भने सरकार झस्केको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको आशंका गरिएको भए पनि त्यो प्रमाणित भने भइनसकेको बताउनुभयो ।

    एकै ठाउमा धेरै संक्रमित फेला परेपछि कोरोना भाइरसको संक्रमण रोकथामका लागि मास टेस्टिङ गर्ने तयारी भरहेको पनि सरकारी अधिकारीहरुले बताएका छन् । मास टेस्टिङ भनेको मानिसको संख्या धेरै र आवतजावत धेरै हुने स्थानमा समुदायको संक्रमणको स्थिति थाहा पाउन जनसमुदायमा गरिने परीक्षण हो ।

    तर जनस्वास्थ्यविद डा. बाबुराम मरासिनी मास टेस्टिङ उपयुक्त विकल्प नरहेको बताउनुहुन्छ । उहाँले संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभयो । भारतसँग सीमा जोडिएका क्षेत्रहरुमा पनि परीक्षण बढाउन उहाँको सुझाव छ ।

    लकडाउन खुलेको भए पनि कोरोना संक्रमण नबढेको तथ्याङ्क दिनहुँ जनतालाई सुनाइरहेको सरकारले कोरोना संक्रमणको जोखिम भने कम भइ नसकेको बताएको छ । संक्रमणको जोखिम कत्ति पनि कम नभएकाले उच्च साबधानी अपनाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गर्नुभयो ।
     
    यस्तै कोरोना संक्रमणले महामारीको रुप लिने खतरा कायम भएपछि नागरिकहरु त्रासमा बाँचिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाममा सरकारले केही गरेन भन्ने नेपालीहरुमा मोतिबिन्दुको समस्या छ कि भन्ने टिप्पणी गर्नुभएको छ । वीर अस्पतालमा आज आयोजित एक कार्यक्रममा मन्त्री ढकालले सरकारले गरेको काम विदेशीले देखेको तर नेपालीहरुले नदेखेको भन्दै मोतिबिन्दु लागेको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो ।
     
    मन्त्री जस्तो व्यक्तिले सम्पूर्ण नेपाली जनतालाई मोतिबिन्दु लागेको हो कि भन्दै लज्जाजनक टिप्पणी गरेपछि सामाजिक सञ्जालमा मन्त्री ढकालको आलोचना भइरहेको छ ।


    सोमवार, श्रावण १२ २०७७०७:४२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij