Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

प्रभुराम शर्मा २६ साउनदेखि कायममुकायम प्रधानसेनापति

प्रभुराम शर्मा २६ साउनदेखि कायममुकायम प्रधानसेनापति

  • आइतवार, श्रावण १७ २०७८

  • 795
    SHARES

  • प्रभुराम शर्मा २६ साउनदेखि कायममुकायम प्रधानसेनापति

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागु हुनेगरी प्रभुराम शर्मालाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गरेको विज्ञप्तिमा बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेकोमा आइतबार त्यसलाई सदर गर्ने निर्णय लिनुभएको हो ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुँदैछ । साथै, उहाँ साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले राष्ट्रपतिले कायम मुकायम तोक्नुभएको हो । एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्नुहुनेछ ।

    साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हाल्नुभएको छ ।

    भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा ‘एक्सनम्यान’का रुपमा पनि परिचित हुनुहुन्छ । उहाँ सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसक्नुभएको छ ।

     


    आइतवार, श्रावण १७ २०७८०४:०८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij