Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच आज पनि छलफल

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच आज पनि छलफल

  • शनिवार, श्रावण १६ २०७८

  • 1.2K
    SHARES

  • मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच आज पनि छलफल

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब आधा घण्टा छलफल भएको हो । प्रधानमन्त्री देउवाका स्वकीयसचिव भानु देउवाका अनुसार उहाँहरुबीच मन्त्रिपरिषद् विस्तार र समसामयिक विषय छलफल भएको थियो ।

    गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । काँग्रेस र माओवादीबाट २–२ मन्त्री र १ राज्यमन्त्रीका साथमा देउवाले सरकार चलाइरहेको अवस्था छ । २५ सदस्यीय मन्त्रिपरिषदमा १९ मन्त्री नियुक्त गर्न बाँकी छ ।

    काँग्रेस, माओवादी, जसपा, एमालेको माधव नेपाल समूह र जनमोर्चा सम्मिलित गठबन्धनबाट देउवालाई मन्त्री छान्न सकस परेको छ । यद्यपि जनमोर्चाले सरकारमा नजाने नीति लिएको छ भने नेपाल समूहले पनि ठोस निर्णय गरिसकेको अवस्था छैन ।

    काँग्रेस, माओवादी र जसपा भने मन्त्री बन्न हानथाप चलिरहेको छ । देउवाले सरकार बहुमतमा रहिरहने गरी मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहेको बताइएको छ । उक्त विषयमा आज विहान देउवा र प्रचण्डबीच पनि छलफल भएको थियो ।

    आइतबारसम्म नेपाल समूहबाट सरकारका सन्दर्भमा निर्णय आउने प्रचण्डको भनाइ थियो । जतिसक्दो चाडो मन्त्रिपरिषद विस्तार गर्ने विषयमा देउवा र प्रचण्ड दुबै सहमत रहेको स्वकियसचिव देउवाले बताउनुभयो । प्रधानमन्त्री देउवाले माधव पक्षलाई पनि सरकार समेट्ने गरी जाने परिस्थिति निर्माण गर्न प्रचण्डलाई भन्नु भएको थियो । प्रचण्डले त्यसका लागि नेता नेपालसँग संवाद भइरहेको बताउनुभएको थियो ।

    मन्त्रिमण्डल बिस्तार गर्ने सम्बनधमा देउवा र प्रचण्डबीच पटक–पटक भेटवार्ता भइसकेको छ ।

     


    शनिवार, श्रावण १६ २०७८०१:११:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij