Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दार्चुला घटना: छानबिन गर्न गृह सचिवकाे नेतृत्वमा समिति गठन

दार्चुला घटना: छानबिन गर्न गृह सचिवकाे नेतृत्वमा समिति गठन

  • शनिवार, श्रावण १६ २०७८

  • 789
    SHARES

  • दार्चुला घटना: छानबिन गर्न गृह सचिवकाे नेतृत्वमा समिति गठन

    दार्चुला । दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन निकाल्दा एक नेपाली महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

    घटनाको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गठन गरेका हुन्।

    समितिमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदी र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य छन्।

    खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले फलामे डोरी निकालिदिँदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको स्थानीयले बताएका छन्। घटनाको सर्वत्र बिरोध भइरहेको छ।


    शनिवार, श्रावण १६ २०७८०६:४०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij