Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

महाधिवेशन भदौमै हुनेमा काँग्रेसका केन्द्रीय नेताहरु नै शसंकीत

महाधिवेशन भदौमै हुनेमा काँग्रेसका केन्द्रीय नेताहरु नै शसंकीत

अर्को बाहना देखाउने संभावना
  • शुक्रवार, श्रावण १५ २०७८

  • 1.1K
    SHARES

  • महाधिवेशन भदौमै हुनेमा काँग्रेसका केन्द्रीय नेताहरु नै शसंकीत

    काठमडौं । काँग्रेसको महाधिवेशन निर्धारित समयमै नहुनेमा पार्टीका केन्द्रीय नेताहरुले नै खुलेर आशंका व्यक्त गर्न थालेका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समय भदौमा नै महाधिवेशन हुने दावी गरिरहेपनि अन्य धेरै नेताहरुले भने आशंका गरिरहेका हुन्।

    अहिलेसम्म क्रियाशिल सदस्यतासम्वन्धी विवादलाई देखाएर महाधिवेशनको प्रक्रिया सुरु नगरिएकोमा अव भने अर्को बाहना अगाडि सारिएको छ ।

    क्रियाशिल सदस्यता विवाद समाधान समितिले ९६ प्रतिशत विवाद समाधान गरेपछि सदस्यताकै कारणले महाधिवेशनलाई असर नपर्ने देखिएको छ । अघिल्लो महाधिवेशनमा पनि झण्डै १५ प्रतिशत विवाद कायमै रहेका बेला महाधिवेशन गरिएकाले अहिले सदस्यताकै कारणले महाधिवेशन रोक्न नमिल्ने छानविन समितिका सदस्य श्याम घिमिरेको भनाइ छ ।

    नेतृत्वले चाहेमा अहिले पनि महाधिवेशन संभव रहेको बताउदै अधिकांश नेताहरुले निर्धारित समयमै महाधिवेशन गर्न दवाव दिदै आएका छन् ।

    तर महाधिवेशन सार्न चाहेका नेताहरुले भने कोरोनाभाइरसको महामारीलाई बाहना बनाउने संकेत गरिसकेका छन् ।
    उनीहरुले महामारीका बेलामा आफ्ना कार्यकर्तालाई अधिवेशनका नाममा भिडभाड गर्न निर्देशन दिन नसकिने बताउन थालेका छन् ।

    महाधिवेशनको पक्षमा रहेका नेताहरुले भने बुथ बुथमा मतदान केन्द्रहरु राखेर भिडभाड विना नै अधिवेशन सम्पन्न गर्न सकिने दावी गर्दै आएका छन् ।


    शुक्रवार, श्रावण १५ २०७८०८:५४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij