Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पार्टीलाई फुटबाट जोगाउँदै मिलेर अघि बढ्ने खुमलटारको भेलाको निष्कर्ष

पार्टीलाई फुटबाट जोगाउँदै मिलेर अघि बढ्ने खुमलटारको भेलाको निष्कर्ष

  • बिहिवार, आषाढ १८ २०७७

  • 898
    SHARES

  • पार्टीलाई फुटबाट जोगाउँदै मिलेर अघि बढ्ने खुमलटारको भेलाको निष्कर्ष

    काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा विहीबार (आज) विहानै भएको भेलाले मिलेर अघि बढ्ने निष्कर्ष निकालेको छ । पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली निकट नेताहरु प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेका थिए ।

    सहभागी एक सदस्यका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा मत व्यक्त गरे । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल, सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए ।

    त्यस्तै, प्रचण्ड सहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल लगायतको सहभागीता थियो । बुधवार ललितपुरको झम्सिखेलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित ३१ जना स्थायी कमिटी सदस्यबीच छलफल भएको थियो ।

    पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्र पारेका हुन् ।


    बिहिवार, आषाढ १८ २०७७११:३७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij