Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारेमा छलफल

देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारेमा छलफल

  • बिहिवार, श्रावण १४ २०७८

  • 525
    SHARES

  • देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारेमा छलफल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको बेला त्यसअघि देउवाले प्रचण्डसँग परामर्श गरेका हुन् । भेटमा देउवाले माओवादीको तर्फबाट सरकारमा सहभागी हुनेहरुको नामावली छिटो दिन आग्रह गरेका थिए ।

    बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।

    गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । अब जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

    बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए ।


    बिहिवार, श्रावण १४ २०७८१०:२०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij