Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्तापक्षीय गठबन्धनको बैठक सकियो, बैठकले गर्यो यस्ता निर्णय !

सत्तापक्षीय गठबन्धनको बैठक सकियो, बैठकले गर्यो यस्ता निर्णय !

  • बुधवार, श्रावण १३ २०७८

  • 1.1K
    SHARES

  • सत्तापक्षीय गठबन्धनको बैठक सकियो, बैठकले गर्यो यस्ता निर्णय !

    काठमाडौं – सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभएको छ । आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको र अब धेरै समय कुर्नु नपर्ने उहाँको भनाइ थियो ।

    यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ भने त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने खड्काले जानकारी दिनुभयो ।

    यस्तै प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच सामान्य छलफल भएको छ । यसलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरुको बैठक बस्ने खड्काको भनाइ छ ।

     काँग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन । हाल सरकारमा काँग्रेस र माओवादीका दुई–दुईजना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन् ।

    बैठकमा काँग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

    यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।

     


    बुधवार, श्रावण १३ २०७८१२:४७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij