Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सत्तापक्षीय गठबन्धनको बैठक जारी, को–को सहभागी छन् ?

सत्तापक्षीय गठबन्धनको बैठक जारी, को–को सहभागी छन् ?

  • बुधवार, श्रावण १३ २०७८

  • 637
    SHARES

  • सत्तापक्षीय गठबन्धनको बैठक जारी,  को–को सहभागी छन् ?

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी छ । बैठकमा एमालेको माधव नेपाल पक्षको पनि सहभागीता रहेको बताइएको छ ।

    मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री समते रहनुभएका शेर बहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

    जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

    एमाले माधव समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी रहेको बताइएको छ । यद्यपि एमाले सरकारमा जाने÷नजाने विषय अझै एकीन हुन सकेको छैन ।


    बुधवार, श्रावण १३ २०७८१०:०७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij