Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

उमेश श्रेष्ठलाई राज्यमन्त्री होइन, मन्त्री नै बनाउनु पर्थ्यो : दीपक खड्का

उमेश श्रेष्ठलाई राज्यमन्त्री होइन, मन्त्री नै बनाउनु पर्थ्यो : दीपक खड्का

  • बुधवार, श्रावण १३ २०७८

  • 742
    SHARES

  • उमेश श्रेष्ठलाई राज्यमन्त्री होइन, मन्त्री नै बनाउनु पर्थ्यो : दीपक खड्का

    काठमाडौं - लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्नु भएका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएर प्रधानमन्त्री शेरबहादुर देउवाले सही निर्णय गरेको काँग्रेस नेता दीपक खड्काले बताउनु भएको छ ।

    पूर्व मन्त्री समेत रहनु भएका खड्काले शिक्षा र स्वास्थ्यको बारेमा राम्रो जानेको र धेरै काम गरेर सफल पनि भएकाले स्वास्थ्य मन्त्रालयका लागि श्रेष्ठ अति उपयुक्त पात्र भएको दावी गर्नुभयो ।

    उहाँले दुई पटक सांसद भइसकेको र दर्जनौ संघ संस्थाको नेतृत्व गरेर जताजतै सफल भइसकेको व्यक्तिलाई राज्य मन्त्रीमा सिमित गर्नु बरु कमजोरी भएको बताउनुभयो ।

    “आफुलाई कमाउनु पर्ने केही छैन, लोभलालचमा पर्नु छैन, सकेसम्म योगदान गर्न पाए हुन्थ्यो भन्ने भावनाको मान्छेलाई मन्त्री बनाउदाँ विरोध भएको देख्दा म चकित छु,” नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा नेता खड्काले भन्नुभयो ।

    उहाँले राम्रा, सफल र असल मान्छेहरुलाई राजनीति मार्फत सेवा गर्छु भन्दा पनि नपाउने र निरुत्साहित गराउने प्रबृत्ति गलत भएको टिप्पणी पनि गर्नुभयो ।

    व्यवस्थापकीय र नेतृत्वको क्षमता र योग्यता भएको, विषयबस्तु राम्रोसँग बुझेको व्यक्तिले मन्त्रालयको जिम्मेबारी पाउँदा त्यसको लाभ जनताले नै पाउने उहाँको भनाई छ ।

    विगतमा सांसद पनि नभएका, बदनामी कमाएका, जनताबाट पराजित भएका व्यक्तिहरुलाई समेत मन्त्री बनाइएको चर्चा गर्दै उहाँले अहिले उमेश श्रेष्ठलाई मन्त्री बनाइएकोमा विरोध गर्नेहरुलाई पुर्वाग्रहीको संज्ञा दिनुभयो ।

    काँग्रेस नेता खड्काले राज्यमन्त्री श्रेष्ठको विगतलाई हेरेर आलोचना गर्नुपर्ने कुनै ठाउँ नरहेको बताउदै अव गलत काम गरेमा मात्रै विरोध गर्न मिल्ने धारणा राख्नुभयो ।


    बुधवार, श्रावण १३ २०७८०९:२०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij