काठमाडौं । सत्तापक्षीय गठबन्धनको बैठक आज बस्दै छ । मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न बिहान ९ बजे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
बैठकमा मन्त्रिपरिषद्मा सहभागिताको भागबण्डा टुंग्याउने र सरकार सञ्चालनको विषयमा छलफल गरिने उहाँले जानकारी दिनुभयो ।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
त्यसपछि स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ ।