Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई

कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई

  • मंगलवार, श्रावण १२ २०७८

  • 999
    SHARES

  • कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई

    काठमाडौँ – सरकारले बलाध्यक्ष रथी प्रभुराम शर्मालाई साउन २४ देखि लागू हुने गरी नेपाली सेनाको कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त सिफारिस गरेको हो । राष्ट्रपतिले कामु प्रधान सेनापतिमा शर्मालाई नियुक्त गर्ने छिन् ।

    हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट बिदा बस्ने तयारी गरेका थिए ।

    ४४ औं प्रधानसेनापति बन्न लागेका शर्माले युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए ।

    उनले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् ।

    त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।


    मंगलवार, श्रावण १२ २०७८०६:११:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij