Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा आज दोहोरो अंकको सुधार

नेप्सेमा आज दोहोरो अंकको सुधार

१४ कम्पनीको शेयरमा सकारात्मक सर्किट
  • मंगलवार, श्रावण १२ २०७८

  • 919
    SHARES

  • नेप्सेमा आज दोहोरो अंकको सुधार

    काठमाडौं – कारोबार हुने साताको तेस्रो दिन शेयर आज बजारमा दोहोरो अंकको सुधार आएको छ । उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से २९ अंकले बढेर ३ हजार ७९ विन्दुमा पुगेको छ ।

    यसदिन बैंकिङ, व्यापार, होटल तथा पर्यटन, माइक्रोफाइनान्स समूहबाहेक अन्य समूह हरियो रहे । उत्पादन समूह सर्वाधिक ३ सय ५ अंकले बढ्दा जीवन बीमामा २ सय ६० अंकको सुधार आयो । निर्जीवन बीमा १ सय २० अंकले बढ्दा माइक्रोफाइनान्स समूह १ सय १६ अंकले घट्यो ।

    मंगलबार मल्टीपर्पोज फाइनान्स, खानीखोला हाइड्रो, युनाइटेड मोदी हाइड्रो, नेपाल हाइड्रो, जोशी हाइड्रोलगायतका १४ वटा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

    यस्तै सर्पोट, उन्नति सहकार्य, जनउत्थान सामूदायिक माइक्रोफाइनान्सका लगानीकर्ताले ४ देखि ६ प्रतिशतले गुमाएका छन् ।

    नेपाल स्टक एक्स्चेन्जका अनुसार यसदिन शेयर बजारमा २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता शेयर किनबेच भएको छ ।

    त्यसैगरी १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँको कारोबार भएको छ ।

     


    मंगलवार, श्रावण १२ २०७८०३:५०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij