Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

जसपा आधिकारिता विवादबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

जसपा आधिकारिता विवादबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

यदव पक्षका सांसदहरुलाई गोदावरी भिलेज रिसोर्टबाट सिधै आयोग लगिने
  • सोमवार, श्रावण ११ २०७८

  • 666
    SHARES

  • जसपा आधिकारिता विवादबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै छ । आयोगको निर्णय आउने निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् ।

    यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर हिजो प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका छन् । उनीहरूलाई गएराति रिसोर्टमै राखिएको र आज सिधै त्यहीँबाट निर्वाचन आयोग जाने तयारी रहेको जनाइएको छ ।

    यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ । आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ आज गर्दै पार्टी आधिकारितासम्बन्धी निर्णय गर्दै छ ।

    फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानमा परेका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ ।


    सोमवार, श्रावण ११ २०७८०७:२३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij