Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले विवाद : समान अधिकारसहितको एकतामा माधव पक्षको अडान

एमाले विवाद : समान अधिकारसहितको एकतामा माधव पक्षको अडान

  • सोमवार, श्रावण ११ २०७८

  • 949
    SHARES

  • एमाले विवाद : समान अधिकारसहितको एकतामा माधव पक्षको अडान

    काठमाडौँ । नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा अधिकांश सहभागीले अहिलेको अवस्थामा पार्टी एकता नै उपयुक्त बाटो भएको तर एकता समान अधिकार र सम्मानजनक हुनुपर्ने बताएका हुन् । उनीहरूले सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्दा एक प्रकारले आफूहरूको जित भएको बताउँदै सम्मानजनक एकतामा जोड दिएका हुन्।

    छलफलमा समग्र राजनीतिक अवस्थाको मूल्यांकन गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा अध्यक्ष केपी ओलीका तर्फबाट आएका विभिन्न प्रस्तावबारे चर्चा भएको थियो। सहभागीले सुवास नेम्वाङ र विष्णु पौडेलले राखेको प्रस्तावमा सकारात्मक हुनुपर्ने र त्यसलाई कार्यान्वयनका लागि विश्वासको वातावरण बनाउनुपर्ने धारणा राखेको स्रोतले बतायो।

    स्रोतका अनुसार नेम्वाङ र पौडेलेको प्रस्तावमा नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष बनाउने उल्लेख छ। नेपालले भने यो विषय पहिला नै आएको भन्दै विश्वास गर्ने आधार अझै नबनेको टिप्पणी गरेका छन्। विधान संशोधन गरेर सुनिश्चित हुने अवस्था आएमात्रै यो प्रस्तावमा अघि बढ्न सकिने उनको अडान छ।

    आजको नागरिक दैनिकमा यो समाचार छ ।


    सोमवार, श्रावण ११ २०७८०६:४७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij