Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

जसपाका राजकिशोरद्धारा गुट परिवर्तन, ठाकुरलाई साथ दिइरहन नसक्ने स्पाष्टोक्ति

जसपाका राजकिशोरद्धारा गुट परिवर्तन, ठाकुरलाई साथ दिइरहन नसक्ने स्पाष्टोक्ति

  • आइतवार, श्रावण १० २०७८

  • 768
    SHARES

  • जसपाका राजकिशोरद्धारा गुट परिवर्तन, ठाकुरलाई साथ दिइरहन नसक्ने स्पाष्टोक्ति

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा १३ दिन मन्त्री बन्नु भएका जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले गुट परिवर्तन गर्नुभएको छ ।

    जसपाको महन्थ ठाकुर पक्षको सिफारिसमा मन्त्री बन्नु भएका यादवले ठाकुर पक्षलाई छोडेर अहिले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लाग्नु भएको हो । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठनका लागि महत्वपूर्ण भूमिका खेलेको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने तयारी भइरहेका बेला नेता राजकिशोर यादवले गुट परिवर्तन गर्नुलाई सत्ता स्वार्थसँग जोडेर हेरिएको छ ।

    तर नेता यादवले भने आफु सत्ताका लागि भन्दा पनि पार्टीको एकतालाई बलियो बनाउन ठाकुर पक्षमा रही रहन नसकेको जवाफ दिने गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलाले गरेको प्रश्नमा उहाँले भन्नुभयो, “म महन्त ठाकुरजीलाई अति नै श्रद्धा र सम्मान गर्दछु, तर निर्वाचन आयोगको निर्णय र पार्टीको बहुमतको निर्णय मान्न म बाध्य छु ।”

    उहाँले लोकतान्त्रीक पार्टीमा आधिकारीक निकाय र बहुमतको निर्णय मान्नु पर्ने तर्क गर्नुभयो । विगतमा सत्ताको प्रभावमा परेर ठाकुर पक्षमा उभिएर ओली सरकारको बचाउ र संरक्षण गदै आएका जसपाका धेरै सांसदहरु अहिले पहिलाकोभन्दा ठिक विपरित ध्रुवमा सरेका छन् ।


    आइतवार, श्रावण १० २०७८०८:५४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij